www.tandavnews.com
Fact ~ In search of truth

कठ्याङ्ग्रिएर एकको मृत्यु

तनहुँ ।

चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो ।

कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि बस्दै आएकी थिइन् ।

Batas

बुधबार साँझसम्म खुला चौरमा खाना पकाएर खाने र सोही स्थानमा सुतेकी ती महिलाको चिसोका कारण मृत्यु भएको हुनसक्ने मृतककी कान्छा छोरा मुगुराउत चौहानले जानकारी दिए । लामो समयदेखि निमोनिया र सुगरले ग्रसित ती महिलाको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।      रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.