www.tandavnews.com
Fact ~ In search of truth

अपडेट ः स्कुल बस दुर्घटनामा १२ जनाको मृत्यु

ताण्डव न्यूज, पोखरा
डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। डाकेआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको बुझिएको छ। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ। मेला भरेर फर्किने क्रममा स्कुल बस दुर्घटनामा परेको बुभिएको छ।

बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको जनाइएको छ। अहिले उद्दार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्दारका लागि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी प्रमुख डम्बरबहादुर केसीलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थलमा खटिएका छन्।

Batas

घाइतेहरूको उद्दार गरी उपचारका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पताल ल्याइएको छ।

डढेलधुराकापत्रकार प्रकाश पार्कीको सहयोगमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.