www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो

पाेखरा, ताण्डव न्यूज ः           डढेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ भने घटनामा २७ जना घाइते भएका छन्।  डाकेआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो। २७ घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकार मोहन जोशीले बताए।

‘दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ। २७ जना घाइते रहेका छन्, घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ’ प्रजिय जोशीले भने। उनले उद्धार कार्य जारी रहेका घाइते र मृतकको संख्या बढ्ने बताए। ‘उद्धार कार्य जारी। मृत्यु हुने र घाइतेको संख्या बढ्न सक्छ’ उनले भने।

उद्धारका लागि डडेल्धुराका प्रजिअ जोशी, प्रहरी प्रमुख डम्बरबहादुर केसीलगायत सुरक्षाकर्मी, स्थानीय, जिल्लास्थित रेडक्रसको टोली दुर्घटनास्थलमा खटिएका प्रजिअ जोशीले बताए। प्रजिअ जोशीका अनुसार डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस दुर्घटना दुर्घटनामा परेको हो।

Batas

बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो। बसमा कति यात्रु सवार थिए भन्ने यकिन नरहेको प्रजिअ जोशीको भनाइ छ। यसअघि उक्त बसमा ३० जनाभन्दा बढी यात्री रहेको बताइएको थियो। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ। डढेल्धुराका पत्रकार प्रकाश पार्कीकाे सहयाेगमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.