www.tandavnews.com
Fact ~ In search of truth

दार्चुलामा बस दुर्घटना,घट्नास्थलमै २ को ज्यान गयो

दार्चुला ।

डडेल्धुरामा १६ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको २४ घण्टा नबित्दै दार्चुला अर्को बस दुर्घटनामा परेको छ ।

मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। ज्यान गुमाउनेमा ५५ वर्षीय अनील पाल रहेका छन् भने अर्का एकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो ।

अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताए। बस सडकबाट ३०० मिटर तल खसेको थियो ।

बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए ।गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो ।

जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण आउन सकेको छैन । यसैबीच हिजो डडेल्धुरामा भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.