www.tandavnews.com
Fact ~ In search of truth

महिला टी –ट्वान्टि : उपाधिका लागी इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने

काठमाडौं ।

आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने भएका छन् ।

शुक्रबार आज बिहान फाइनलको समीकरण पुरा भएको हो । बिहान भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेलमा तीन बल बाँकी छँदा अलआउट हुनुपूर्व ११२ रन जोड्यो । जवाफमा ११३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १७ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

Batas

यसअघि पहिलो सेमिफाइनलमा आयोजक एवं साविक विजेता वेष्ट इन्डिजलाई पाखा लगाउँदै अस्ट्रेलिया आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल खेल आगामी आइतबार एन्टिगुवामा हुनेछ ।  रासस

तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.