
संजय रेग्मी,
पर्वत ताण्डव न्यूज ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले हिउँदे अधिवेशनले तीन तहका सरकारलाई आवश्यक कानुन निर्माण गर्ने र काममा सहजता आउने बताएका छन्।
संघीय संसदको हिउँदे अधिवेशन पुसको पहिलो सातामा सुरु हुने र त्यसले नै कानुनको अभावमा भैरहेका समस्याहरुलाई कानुन बनाएर हल गर्ने उनको भनाई छ । गृह जिल्ला पर्वतको महाशिला गाउँपालिका ५ लुंखु स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयको १८ महिने बाली विज्ञान कक्षा शुभारम्भ तथा कम्युटर कक्ष हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।


प्राविधिक शिक्षाको पढाइ गाउँ गाउँमा सुरु हुनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले गाउँ गाउँमा प्राबिधिक शिक्षाको अवश्यकता रहेको बताउँदै यस्तो शिक्षा लिने विद्यार्थीहरु कहिल्यै पनि खाली हात बस्न नपर्ने उल्लेख गरे । कृषि तथा वागवानी शिक्षा लिएका विद्यार्थीहरुले सजिलै रोजगारी पाउने गरेकाले पनि प्राबिधिक शिक्षाको खाँचो बढ्दै गएको उनको भनाई छ ।
अध्यक्ष तिमिल्सिनाले राजनीति स्थिरता प्राप्त भएपछि अब सबैको ध्यान विकास निर्माणमा गएको बताउँदै त्यसका लागि अभियानकै रुपमा अगाडि बढउन आवश्यक रहेको उल्लेख गरे । गाउँ गाउँमा धुले बाटो पुगेकाले त्यसलाई कालोपत्रे गर्नमा पर्वतका जनप्रतिनिधिको पनि ध्यान जान जरुरी रहेको उनको भनाई छ ।
यस्तै, पर्वतको सेतीबेनी, उराम, लुंखु हुँदै कार्कीनेटा, पोखरा जोड्ने सडक र कालिगण्डकी सडक राष्ट्रिय र अन्य सडकहरु प्रदेश तथा स्थानीय रुपमा पक्की हुनुपर्ने बताउँदै आँपूmले त्यसका लागि पहल गर्ने पनि सभाध्यक्ष तिमिल्सिनाको भनाई छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।