www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभा सदस्यका उमेद्वारकाे गाेली हानी हत्या !

ताण्डव न्यूज, पाेखरा : कपिलबस्तुमा प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेद्वार २८ वर्षका  दिपेन्द्र कुमार चाैधरिकाे गाेली हानी हत्या भएकाे छ । शुद्धोधन गाउँपालिका–४, मोतीभारीमा  गोली हानी उनकाे हत्या भएको प्रहरीले जनाएको छ।

टाउकोमा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो।चौधरी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं‍. १ (ख)मा स्वतन्त्र उम्मेदवार थिए।

Lama collectio News Middle

स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए। चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको छ। हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop