www.tandavnews.com
Fact ~ In search of truth

बस दुर्घटना : एकै नगरपालिकाका ५ ले ज्यान गुमाए

राजविराज ।

भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ भएको बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

Batas

सो दुर्घटनामा परी तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै उनले गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे बताए ।

सुनसरीको चतरास्थित बराहक्षेत्रबाट फर्केको करीब ६० यात्रु बोकेको को १ ख २७९९ नम्बरको सो बस इनर्वास्थित सडक छेउको पोखरीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने अझै खुलेको छैन ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.