www.tandavnews.com
Fact ~ In search of truth

कावासोतीमा दुर्घटना दुईको मृत्यु

कावासोती ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा आज बिहानै दुर्घटना परि दुई जनाको ज्यान गएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईको मृत्यु भएको हो ।

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकको बाटोमै र अर्कोको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिए ।  रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.