www.tandavnews.com
Fact ~ In search of truth

एक करोड ठगी गर्ने सुनिता पक्राउ

काठमाडौँ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले क्यानडा पठाइदिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजात समेत बनाई भारतसम्म पुर्याइ पीडितबाट प्रतिव्यक्ति सात लाख रुपैँया देखि १२ लाख सम्म लिई मानव बेचविखन गर्ने मकवानपुरकी ३७ वर्षीया सुनिता तिवारी वाइवालाई शुक्रबार पुतली सडकबाट पक्राउ गरेको हो ।

Batas

ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले वाइवाले शिक्षा मन्त्रालयबाट स्वीकृति नलिई काठमाडौँको पुतलीसडकमा वेभस्टार एजुकेशन नेटवर्क प्रालि खोलेर ठगी गरेको जानकारी दिए ।

“विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात नेपालबाट दिल्लीलगायत विभिन्न स्थानमा पुर्याउने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भनिन् । वाइवाले दश जनाको एक करोड रुपैयाँ भन्दा बढी ठगी गरेको सिलवालले बताए ।

पक्राउ परेका वाइवाको जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.