www.tandavnews.com
Fact ~ In search of truth

रेग्मीको हरितारा खण्डकाब्य बिमोचित

संजय रेग्मी
पर्वत ताण्डव न्यूज ।

कवि टुकनाथ रेग्मी(बेलूराम)को दोस्रो खण्डकाब्य ‘हरितारा’ बिमोचन भएको छ । पर्वतको महाशिला गाउँपालिकाको लुंखुमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले बिमोचन गरेका हुन ।

नेपालबाट बैदेशिक रोजगारीमा जाने र बसाई सरेर शहर झर्ने युवाहरुलाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाब्य तयार भएको कवि रेग्मीले बताए ।

गाउँघरमा जमिन बाँझिएको, पारिवारिक बिखण्डन बढेको, धार्मिक र साँस्कृतिक बिचलन आउँदै गरेका कारण बसाई सराई र बैदेशिक रोजगारीमा नगई गाउँघरमा नै उद्यम तथा मेहनत गर्न यो काब्यले सन्देश दिएको छ । हरि र तारा पात्र मार्फत जन्मभूमिको माया जगाउन रेग्मीले प्रयास गरेका छन ।

‘गाउँका जग्गा, अन्नका रास, खेत र बारी

जन्मेको भूमि मुटु झै प्यारो, हे मेरी पियारी’

पर्वतलाई कर्मक्षेत्र बनाएर लेखन कर्म गर्दै आएका रेग्मीले यस अघि ‘बेलूराम’ खण्ड काब्य प्रकाशित गरेका थिए । ‘बेलूराम’ खण्डकाब्यलाई दोस्रो ‘मुनामदन’ को रुपमा चर्चा पाएको छ ।

पुस्तक बिमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले मुलुक निर्माणका लागि आफ्ना पाखा पखेरालाई हराभरा बनाउने र गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश खण्डकाब्यले दिएको बताए ।

उनले बैदेशिक रोजगारी नेपालीको बाध्यता भएपनि अब बिदेशमा आर्जन गरेको सिप र पुंजीलाई देश बिकासमा लगाउन आग्रह गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.