www.tandavnews.com
Fact ~ In search of truth

जाइका र नेपाली टोली बीच मैत्रीपूर्ण ह्याण्डबल

पोखरा ।

पोखरा रंगशाला स्थित नवनिर्मित ह्याण्डबल एकेडेमीमा शनिबार हिजो नेपाल स्थित जाइका स्वयं सेबक टोली र नेपाली पूर्व तथा राष्ट्रिय ह्यण्डबल सम्मिलित खेलाडीहरुका बिच मैत्रीपूर्ण ह्याण्डबल खेल सम्पन्न भएको छ ।

उक्त मैत्रीपूर्ण खेलमा नेपाली खेलाडीहरुले १३ गोल गरे भने जाइका स्वयं सेबक टोली १२ गोल गर्न सफल रहे ।कार्यक्रममा कास्की जिल्ला हयाण्डबल संघले राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यमा राजेश गुरुङ नियुक्त भएकोमा बधाई समेत दिएको थियो ।

कार्यक्रममा बोल्दै परिषद सदस्य गुरुङले ह्याण्डबल एकेडेमीको थप आवश्यक पूर्वाधार सम्पन्न गर्न र मैदान भित्र फलोड् लाइटको व्यवस्था गर्न आफूले पहल गर्ने बताएका छन । उनले पोखरा रं्रगशालामा आवश्यक अन्य अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारको कामलाई पनि ब्यबस्थित बनाउँदै लैजाने बताए ।

सो कार्यक्रममा बोल्दे नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको बिकासलाई अगाडी बढाउन ह्याण्डबलका पूर्वाधार बिकास एवम प्रतियोगिताहरुलाई अगाडी बढाउन संघ प्रयत्नशिल रहेको बताए ।

जाइका स्थित खेलकुद स्वयं सेवक कार्यक्रमका संयोजक तानाका तेपेइले जाइकाले नेपालको बिकासमा विगत ४८ वर्ष देखि निरन्तर रुपमा काम गरिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सडक, सिचाई, कृषी र समुदायमा आधारित कार्यक्रमहरुलाई विशेष जोड दिएर सहयोग गरिरहेको बताए ।

उनले नेपालको खेलकुदको जग बलियो बनाउन हयाण्डबल, फुटबल, सफ्ट बल , शारिरिक शिक्षा लगाएत अन्य खेलकुदका क्षेत्रमा विशेष तवरले सहयोग गरेको समेत जानकारी दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका नव निर्वाचित कोषाध्यक्ष श्रीकृष्ण अधिकारीलाई समेत सम्मान गरिएको थियो । संघका अध्यक्ष क्या. जग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, जाइका ह्याण्डबल प्रशिक्षक केन्जी इशिहारा, संघका प्रथम उपाध्यक्ष चित्र थापा र सचिब टेक गुरुङले समेत मन्तब्य राखेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.