www.tandavnews.com
Fact ~ In search of truth

भारतमा प्याराग्लाइडिङ दुर्घटना हुँदा कास्कीका तिमिल्सीनाकाे मृत्यु !

पाेखरा, ताण्डव न्यूज :भारतको कालेबुङमा प्याराग्लाइडिङ दुर्घटनामा कास्कीका प्याराग्लाइडिङ पाइलट २२ वर्षका पुरुषोत्तम तिमिल्सिनाको मृत्यु भएको छ ।

शनिबारमा भारतको कालेबुङमा उनले उँडाइरहेको प्याराग्लाइडिङ फाटेर खस्दा उनको मृत्यु भएको हो । शनिबार अपरान्ह २ बजे प्याराग्लाइडिङ दुर्घटना हुँदा उनको मृत्यु भएको हो।उनी त्यहाँ दुई वर्षदेखि प्याराग्लाइडिङ पाइलटको रूपमा कार्यरत थिए ।

सो दुर्घटनामा परी भारतको बिहारनिवासी गौरभ चौधरी गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार उड़ेको केही क्षणमा नै प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको थियो। प्याराग्लाइडिङ फाटेर कालेबुङको डेलो क्षेत्रमा रहेको गाउँको एक घरमा सोझै खस्दा तिमल्सिनाको मृत्यु भएको हो।

Batas

यो दुर्घटनापछि प्रशासनले प्याराग्लाइडिङ सेवालाई तत्कालै अस्थायी रूप बन्द गरी दुर्घटनाको जाँच शुरु गरेको छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.