www.tandavnews.com
Fact ~ In search of truth

नाइस एजुकेशन द्धारा विद्यार्थीलाई परामर्श

पोखरा /ताण्डव न्यूज ।

नाइस एजुकेशन कन्सलटेन्सीले आज (आइतबार)एक कार्यक्रमका बिच सेमिनार सम्पन्न गरेको छ ।

अष्ट्रेलियाको युनिभर्सल इन्टिच्युट अफ टेक्नोलोजी कलेजको आयोजना तथा नाइस कन्सलटेन्सीको सहकार्यमा सेमिनारको आयोजना गरिएको हो ।

वैदेशिक शिक्षाका लागि विदेश पढ्न जाने विद्यार्थीहरुको लागि सहि परामर्श गराउने उद्देश्यले एक दिने सेमिनारको आयोजना गरेको नाइस एजुकेशन कन्सलटेन्सीको प्रबन्ध निर्देशक विश्वकल्याण अधिकारीले बताए ।

सेमिनारमा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई कलेज विश्वविद्यालय छनोट देखि डकुमेन्टेसन साथै एड्मिसन र भिजा प्रोसेसिङको बारेमा परामर्श दिएको मेलर्वन साउथ एसियनका प्रबन्ध निर्देशक इमरान खानले जानकारी दिए ।

विहान ११ बजेदेखि सुरु भएको सेमिनार दिउँसो २ बजे सकिएको थियो । सेमिनारमा सहभागी विद्यार्थीहरुका लागि कलेजले फ्रि सिमको पनि व्यवस्था गरिएको थियो ।

प्रवेश निशुल्क रहेको सेमिनारमा ३० भन्दा बढी विद्यार्थीहरु सहभागी रहेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.