www.tandavnews.com
Fact ~ In search of truth

देशका ८ शहरमा गरिमाको रक्तदान

पोखरा ।

गरिमा विकास बैंकले देशका ८ का शहरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  स्थापनाको ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

विकास बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं, शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ्ग, ईटहरी सुनसरी र घोराही दाङ्गमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Batas

८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट ४ सय ३० युनिट रगत संकलन भएको छ । यसै अवसरमा स्याङ्गजाको वालिङ्ग शाखा कार्यालयमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

वैंकले पोखरा महानगरपालिका र्अन्तगत बुद्धचोकमा शाखा कार्यालय विस्तार गरेको छ । शाखाको नेपाल राष्ट्रवैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले उद्घाटन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको राष्ट्रियस्तरको विकास बैंक यस गरिमा विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय विस्तार गर्दैछ ।

२०७५ मंसीर ७ गते सम्म विकास बैंकले २४ अर्ब ५० करोड रुपैँया निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.