www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा बेवारिसे शव भेटीयो

संजय रेग्मी,

पर्वत / ताण्डव न्यूज ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पहिचान खुल्न नसकेको बेवारिसे शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रबहादुर खडकाका अनुसार मुक्तिनाथको पुराङ गाउँ नजिकै स्थानीय छंगुर खोलाको किनारमा अन्दाजी ३० बर्ष उमेरका एक यूवकको शव भेटीएको हो । शव हेर्दा गहुँगोरो वर्ण, मझौला कद, छोटो कपाल, अन्दाजी पाँच फिट पाँच इञ्च अग्लो, निलो हुड, निलो जिन्स पाइन्ट र हरियो जुत्ता लगाएको पाईएको छ ।

स्थानीयबासीले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शवलाई मुस्ताङ जिल्ला अस्पताल जोमसोममा राखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.