www.tandavnews.com
Fact ~ In search of truth

दुर्गम क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी ।

म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा हिजो आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।

स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।

एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने उनले बताए ।

एकाइ स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैँया सहयोगमा स्थानीयवासीले श्रमदान गरेर भवन निर्माण गरेका छन् । स्थानीयले थप चार लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् ।
एकाइको नेपाली काङ्ग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले संयुक्तरुपमा उद्घाटन गरे। उनीहरुले दुर्गम र विकट बस्तीका बासिन्दामा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.