www.tandavnews.com
Fact ~ In search of truth

आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

बलेवा ।

बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।

आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुग्नुभएका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएको हो ।

घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत् व्यवस्थापन कोषबाट त्यहाँका आगलागी पीडितको घर निर्माण गर्न भन्दै प्रतिपरिवार एक लाखका दरले ४८ लाख रुपैयाँ नगरपालिकाबाट उपलब्ध गराउने बताएको हो ।

उनले घरको छाना छाउने जस्तापाताका लागि आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिबद्धता जनाए । नगर प्रमुखको प्रतिबद्धतापछि त्यहाँका आगलागी पीडित खुशी भएका छन् । नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इञ्जिनीयर पठाएर सबैको एकैखालको भूकम्प प्रतिरोधी एक÷एक तले, दुई कोठे शौचालयसहितको एकै प्रकारको घर निर्माण गरिने बताए । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.