www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली सफल भएको देख्न चाहान्छु : राप्रपा अध्यक्ष थापा

काठमाडौं ।

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओली सफल भएको हेर्न चाहेको भन्दैँ आफ्नो चाहना प्रकट गरेका छन् ।

थापाले टिविट् गर्दै भनेका छन्, ‘तपाईसँग काम गर्दा तपाईको नेतृत्वमा जुन प्रभावकारिता पाएको थिएँ, आजकल बाहिरबाट हेर्दा तपाईलाई निरीह÷प्रभावहीन देखिरहेको छु ।’

थापाले निर्मला हत्याकाण्ड, सुन तस्करी लगायत सबै क्षेत्रमा उदासिनता देख्दा दुःख लागेको पनि टिविट्मा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हाबीबीच वैचारिक भिन्नता छ तर म तपाई सफल भएको देख्न चाहन्छु ।’ उनले प्रभावकारी कदम चाल्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.