www.tandavnews.com
Fact ~ In search of truth

नेकपाको बैठक भोलीका लागी सर्यो

 

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज बिहानै बस्ने भनिएको बैठक केन्द्रिय सदस्यहरुको कार्यविभाजनको विषयमा आवश्यक छलफल नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको हो । स्थगित बैठक भोलि बस्ने भएको छ यद्यपी समय यकिन गरिएको छैन् ।

Batas

शनिबार (८ मंसीर) बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.