www.tandavnews.com
Fact ~ In search of truth

विवादित वाइड विमान भाडामा ल्याइएको होइन ः पर्यटन मन्त्री अधिकारी

ताण्डव न्यूज, पोखरा ः अहिले चर्चामा रहेको नेपाल वायूसेवा निगमको वाइडबिमान खरिद प्रकरणबारे संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पोखरामा स्पष्टिकरण दिएका छन् ।

अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम बाँडफाँडको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

‘कागजी प्रक्रियाहरु हेर्दा हो भाडामा हो भन्न मिल्दैन, किनेरै ल्याइएको हो, उनले भने । त्यस्तै विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पारे । उनले भने “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् । उनले लेखासमितिको अनुसन्धानबाट सबैकुरा बाहिर आउने समेत बताए ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.