www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १४ बाच्छेबुढामा करेन्ट लागी गर्बुजाको मृत्यु

पोखरा / ताण्डव न्यूज ।

पोखरा महानगरपालीका १४ बाच्छेबुढा मा हिजो करेन्ट लागी एकको मृत्यु भएको छ ।

करेन्ट लागी पोखरा ३३ लामगादीका ३३ वर्षीय रमेश गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । क्रसर उद्योगमा बिजुलीको काम गर्ने क्रममा गर्बुजालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Batas

गर्बुजाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसैबीच उता स्याङजामा एक शव फेला परेको छ । छयाङछयाङदि स्थित छायाँ क्षेत्र मन्दिरको पार्टीमा विगत २ / ३ वर्षदेखी बस्दैँ आएका अन्दाजी ६० /६५ वर्षीय पुरुष मृत भेटिएका हुन् । उनको नाम ,थर खुल्न नसकेको प्रहरीले बताएको छ ।

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.