www.tandavnews.com
Fact ~ In search of truth

दमकमा गरिमा विकास बैंकको शाखा

झापा ।

गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमका शाखा कार्यालयको उद्घाटन गरेको छ ।

शाखा कार्यालयको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरे । विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटनसंगै गरिमा विकास बैंक लिमिटेडको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

Batas

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ ।

०७५ मंसीर १० गतेसम्म विकास बैंकले रु.२४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.