www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा महानगरका बिज्ञ पहारी बिरूद्द १० महिना कैद र ९८ लाख जरिवाना

ताण्डव न्यूज, पाेखरा ः पाेखरा महानगरका विज्ञ डाक्टर इन्जिनियर भरत पहारी विरुद्द करिब करोड रुपैँया जरिवाना र १० महिनाको कैद सजायको फैसला भएको छ । विशेष अदालतले पुल्चोक इन्जिनियर कलेजका तत्कालीन प्रध्यापक समेत रहेका उनी विरुद्ध यस्तो फैसला गरेको हो ।

केही समय अघि अख्तियार अकुत सम्पती कमाएको भन्दै २०७३ साउन २४ मा चार करोड रुपैयाँ भन्दा धेरैको विगो दाबी गर्दै विशेष अदालतमा उनी विरुद्ध मुद्धा दर्ता गरेको थियो ।

उच्च अदालतका बरिष्ठ न्यायधीश बाबुराम रेग्मीको नेतृत्वमा न्यायधिशहरु रत्नबहादुर बागचन्द र चण्डिका ढकालको इजालसले ९८ लाख ९३ हजार रुपैयाको स्रोत नखुलेको भन्दै कैद तथा जरिवानाको फैसला सुनाएको हो ।
उनको श्रीमती विरुद्ध पनि अख्तियारले अकुत सम्पती कमाएको भन्दै मुद्धा दर्ता गरेको छ । अखि्तयार पाेखराले पनि उनी  बिरूद्द छानबिन गर्न सहयाेग गरेकाे थियाे ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.