www.tandavnews.com
Fact ~ In search of truth

दैलेख दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

 

दैलेख ।

दैलेखमा आज बिहान भएको जिप दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहान भएको दुर्घटनामा दुई जनाको घट्नास्थमै,दुई जनाको उपचारको लागी अस्पताल लैजाँदै गर्दा बिच बाटोमा र थप दुईको उपचारको क्रममा मृत्यु भएको हो ।

Batas

मृत्यु हुनेमा ठाटीकाँढ गाउँपालिका–३ का ४८ बर्षीय राजबहादुर शाही, सोही स्थानका चालक रमेश शाही, ठाटीकाँढ–१ का ३० बर्षीय निर्मल बम र ठाटीकाँढ–४ का रत्ना शाही छन् ।

यस्तै ठाटीकाँढ गाउँपालिका–१ का शम्शेर पुन र ठाटीकाँढ गाउँपालिका–३ का २६ बर्षीय दिलिप शाहीको उपचारको क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते अन्य दुईजनाको अवस्था पनि गम्भीर रहेको छ । उनिहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सुर्खेतबाट दैलेखको ठाटीकाँढ गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नम्बरको जिप दैलेखको ठाटीकाँढ गाउँपालिका धामी गाउँमा दुर्घटनामा परेको हो ।

बिहान ८ बजे ब्रेक फेल भएर दुर्घटना भएको बताइए पनि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.