www.tandavnews.com
Fact ~ In search of truth

शशांकको घरमा देउवा विरुद्ध मोर्चाबन्दी

काठमाडौँ ।

पछिल्लो समय काँग्रेस भित्र गुटउपगुटको क्रम बढिरहेको छ ।

सभापति देउवाको पार्टी नेतृत्व प्रति असन्तुष्टी जनाउँदै सभापति देउवा इतरका नेताहरुले आन्तरिक छलफल र गुटगत भेलालाई तीव्र बनाएका छन् । हिजो काँग्रेस नेतृ सुजाता कोइरालाको निवासमा भेला भएका देउवा विरोधी नेताहरु आज काँग्रेस नेता तथा महामन्त्री शशांक कोइरालाको निवासमा छलफल गरेका हुन् ।

यी नेताहरुले काँग्रेसको विधान समयसापेक्ष हुन नसकेको तथा सभापति देउवाले आफू अनुकुलको विधान बनाउने षड्यन्त्र भएको भन्दै त्यस्तो विधान केन्द्रीय समितिबाट पास गर्नै नहुने निष्कर्ष निकालेका छन् । महामन्त्री कोइरालाको टोखास्थित घरमा भएको भेलामा रामचन्द्र पौडेलसहित देउवाइतर पक्षका सबै नेता भेला भएका थिए ।

विधानमाथि छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक भोली बिहीबार बस्दैछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.