www.tandavnews.com
Fact ~ In search of truth

मासुको चोक्टा अड्कीएर मृत्यू

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

खानासंगै मासु खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर पर्वतमा एक जनाको मृत्यू भएको छ ।

जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारीका ४१ बर्षिय कर्णवहादुर नेपालीको मंगलबार राती ९ बजेको समयमा खाना खाने क्रममा मासुको चोक्टा अड्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

घाँटीमा चोक्टा अड्कीएपछि घरमै केही समय निकाल्ने प्रयास गरेको भएपनि चोक्टा तल माथि नसरेपछि उनलाई राती नै जिल्ला अस्पताल पर्वतमा लगिएको थियो । उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको भएपनि अस्पतालले भने मृत घोषणा गरेको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.