www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका ८ बर्षिय प्रयास बेपत्ता

संजय रेग्मी
पर्वत , ताण्डव न्यूज ।

गएको मंगलबार राजधानीको गोंगबुबाट पर्वत घर भएका एक ८ वर्षीय बालक हराएका छन ।

पर्वतको बिहादी गाउँपालिका २ बर्राचौर घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा प्रयास कुँवर बेपत्ता भएका हुन । उनले कक्षा १ मा पढ्दै आएका थिए । बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्कबिहीन छन् । प्रयासको खोजीको लागि महानगरीय प्रहरी प्रभाग, गोंगबुमा लागि निवेदन दिईएको उनले बताए ।

प्रहरीलाई उद्धृत गर्दै बुबाले प्रवीणले दिएको जानकारी अनुसार सामाखुशीमा रहेको बाजेको सेकुवासम्म बच्चा गएको नेपाल प्रहरीको कुकुरले पत्ता लगाएको छ । त्यसपछि कुकर रोकिएका कारण बच्चा गाडीमा चढेको हुन सक्ने अनुमान गरिएको छ । यदि बच्चा गाढीमा चढेको भए कुकुरले पत्ता लगाउन नसक्ने तर खोजी कार्य जारी रहने प्रहरीले बताएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.