
दमौली ।
तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।
घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । उनले भने, “घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ, ताल बनाएर ती स्थानको प्रर्वद्धन गर्ने योजनामा जुटेका छौँ ।” कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको उनले बताए ।


गण्डकी प्रदेश सरकारले प्राविधिक पठाएर स्वीकृति दिएपछि ताल निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउँदै रानाले चालू आर्थिक वर्षमा ताल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । रासस
सांकेतिक तस्बिर : गुगुलबाट
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।