www.tandavnews.com
Fact ~ In search of truth

आगलागीबाट अन्नपात ,लत्ताकपडा जलेर नष्ट

गोरखा ।

गोरखा नगरपालिका–४ फिनाममा बिहीबार (हिजो )साँझ स्थानीय सन्तबहादुर रोक्काको घरमा विद्युत् चुहिएर आगलागी हुँदा करीब पाँच लाख रुपैँया बराबरको सामान जलेर नष्ट भएको छ ।

रोक्काको ढुङ्गा माटो र जस्ताले छाएको कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थाल पुगेको प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उनको घरमा रहेको अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । रासस

Batas
सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.