www.tandavnews.com
Fact ~ In search of truth

कमजोर बन्दै सन्दीपको प्रदर्शन

एजेन्सी ।
नेपाली किक्रेट लिगका युवा स्पिनर सन्दीप लामिछानेको खेल प्रर्दशन कमजोर बन्दै गएको छ ।

यूएईमा जारी टी–१० लिगमा नेपाली खेलाडी लामिछानेले लगातार दोस्रो खेलमा खराब प्रदर्शन गरेसगै उनको प्रस्तुती कमजोर देखिएको हो ।

सन्दिपको टोली केरला किंग्स हिजो भएको पाँचौ खेलमा नर्दन वारियर्ससँग ८ विकेटले पराजित भयो । खेलमा केरलाले प्रस्तुत गरेको १०२ रनको लक्ष्य वारियर्सले ७ ओभर २ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।सन्दीपले समग्रमा २ ओभरमा ४७ रन खर्चिए । यसअघि चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सविरुद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।

यो हारसँगै केरलाको अघिल्लो चरण प्रवेशको अंकगणीतीय सम्भावना बाँकी रहे पनि व्यवहारिक रुपमा भने निकै कमजोर देखिएको छ । यस भन्दा अगाडी भएको खेलमा सन्दिपले विकेट लिन नसक्दा केरलालाई पन्जाबी लिजेन्ड्सले ३६ रनले हराएको थियो।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.