www.tandavnews.com
Fact ~ In search of truth

धुलो धुवाँको विरुद्ध नेविसङ्घको ‘मास्क मुभमेन्ट’

काठमाडौँ ।

नेपाल विद्यार्थी सङ्घले काठमाडौँ उपत्यकाभित्र भइरहेको धूलो, धुवाँ र वातावरण प्रदूषणको विरोधमा ‘मास्क मुभमेन्ट’ अभियान शुरु गरेको छ ।

नेविसङ्घले नेपाल कलेज अफ इन्फरमेशन एण्ड टेक्नोलोजी ९एनसीआइटी० कलेज बालकुमारीबाट आज ‘बाँच्न दे सरकार, श्वास फेर्न दे सरकार’ लेखिएको माक्स लगाएर उक्त अभियानको शुुरुवात गरेको हो ।

नेविसङ्घका महामन्त्री कुुन्दनराज काफ्लेले सो अभियानको शुभारम्भ गर्दै धूलोकै कारण उपत्यकामा दैनिक सयौँ मानिस बिरामी हुँदै गएको छ । धूलो हटाउनका लागि सरकारले विशेष योजना बनाएर काम गर्नुपर्ने धारणा उनले व्यक्त गरे ।

Lama collectio News Middle

“हामीले सरकारसँग केही मागेका छैनौँ, स्वच्छ वातावरणमा बाँच्ने अधिकार राज्यले प्रदान गरोस्,”–उनले भने ।अभियानका संयोजक एवं नेविसङ्घका केन्द्रीय सदस्य नवराज त्रिपाठीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार काठमाडौँ उपत्यकाको वातावरण प्रदूषण अत्याधिक रहेकाले वातावरण प्रदूषण कम गर्न उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।

काठमाडौँ उपत्यकाका सबै क्याम्पस अगाडि र विभिन्न चोकमा यो अभियान सञ्चालन गरिने उनको भनाइ छ । आफ्नो माग सुनुवाइ नभए नेविसङ्घले काठमाडौँ महानगरपालिकामा आन्दोलन गर्ने समेत जनाएको छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...