www.tandavnews.com
Fact ~ In search of truth

फागुन १३ देखि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौँ ।

नाटकका माध्यमबाट विश्वलाई जोड्ने उद्देश्यका साथ आगामी फागुन १३ देखि २० गतेसम्म काठमाडौँका आठ रङ्गमञ्चका सहकार्यमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७५’ हुने भएको छ ।

सामाजिक सद्भाव तथा नाट्य संस्कृति र पर्यटनको विकासका लागि अन्तर्राष्ट्रिय नाटक मेलाको आयोजना गर्न लागिएको महोत्सवका निर्देशक राजन खतिवडाले बताए । “सबै रङ्गकर्मीको साझा विचारलाई आत्मसात् गर्दै नाट्य मेलाको परिकल्पना गरिएको हो”, खतिवडाले भने, “नाटकबाट नाट्यकर्मीको क्षमता आदानप्रदानको आशा राखिएको छ ।”

Batas

नाटक प्रदर्शनीका लागि काठमाडौँका सक्रिय थिएटर मण्डला थिएटर नेपाल, शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वल्र्ड थिएटर र थिएटर भिलेजले सहकार्य गर्दैछन् । आयोजक मध्ये काठमाडौँ भित्रका पाँच संस्थाले कलाकारको श्रम तथा लगानीमा नाटकघरको निर्माण गरी दश वर्षदेखि नियमित रुपमा नाटक मञ्चन गर्दै आएका छन् । आठदिने प्रदर्शनीमा पाँच नाट्यघरमा २८ नाटक मञ्चन गरिने महोत्सवका सहनिर्देशक देव न्यौपानेले बताए ।

प्रदर्शनीका लागि छानिएका नाटकलाई जनही एक लाख रुपैँया वितरण गरिने बताइएको छ । नाटकमा २० वटा सम्म नेपाली र १२ वटासम्म विदेशी नाटकलाई सहभागी गराइने आयोजकले जनाएको छ । महोत्सवमा आफ्नो नाटकलाई संलग्न गराउन सहभागीले यही मङ्सिर १४ देखि १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महोत्सवमा विभिन्न पुरस्कार वितरण पनि गरिने आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिन नेपाली नाट्य जगतमा विशिष्ट योगदान पुर्याउने छ रङ्गकर्मी –निर्देशकलाई सम्मान गरिनेछ । त्यस्तै नेपाली नाटकका क्षेत्रमा काम गर्न चाहने दुई रङ्गकर्मी र दुई अनुसन्धातालाई निर्माण अथवा अनुसन्धानका लागि प्रोत्साहनस्वरुप जनही एक लाख रुपैँया प्रदान गरिनेछ । पुरस्कारका लागि इच्छुकले मङ्सिर १४ देखि फागुन ३ गतेसम्म आफ्नो मौलिक योजना सहित आवेदन दिन सक्नेछन् ।

साथै महोत्सवको संरक्षक सल्लाहकारको निर्णयबाट आवेदकलाई महोत्सवको अन्तिम दिर्न युनिक आइडिया इनोभेशन अवार्ड’ प्रदान गरिनेछ । रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.