www.tandavnews.com
Fact ~ In search of truth

आरभ हाडा र शर्भानी श्रेष्ठ बने जुनियर एटिएफ टेनिस च्याम्पियन

पोखरा,

नेपालका आरभ हाडा र शर्भानी श्रेष्ठ पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा जित हाँसिल गर्दै आरब र शर्मानीले उपाधी सहित एटिएफको २ सय अंक आफ्नों नाममा थप गराए ।

पुरुष एकलतर्फको फाइनल खेलमा नेपालका शिर्ष वरियता प्राप्त आरबहले पाकिस्तानका शिर्ष वरियता प्राप्त हसिस् कुमारलाई ६–०, ५–७ र ६–१ को सेटमा पराजित गरे । त्यस्तै शर्मानीले भारतकि प्रियांसी चौहानलाई ६–२ र ७–५ मा पराजित गरिन् ।

Lama collectio News Middle

प्रतियोगितामा पुरुषतर्फ तेश्रो स्थान हाँसिल गरेका नेपालका अकि जुवेन रावतले अएटिएफको १०० तथा चौंथो स्थान हाँसिल गरेका इभान जोशिले ८० अंक जोड्न सफल भए । महिलातर्फ नेपालकै अजा रेग्मीले १०० तथा सुभाङ्गि लक्ष्मी शाहले ८० अंक बटुलिन् ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजन गरेको पोखरा ट्रेकर्स इनका प्रतिनिधी डा. सोनिय भण्डारी, आयोजक संघका उपाध्यक्ष नारायण पहारी, सल्लाहकार गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का महासचिव दिल गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वाध्यक्ष विनोद लामिछाने लगायतले मेडल, प्रमाणपत्र पुरस्कार प्रदान गरे । संघ कास्कीका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको समापन समारोह महासचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery