www.tandavnews.com
Fact ~ In search of truth

मन्दिर परिसरमा एक करोडको सभाहल

गलकोट ।

आफ्ना स्वर्गीय बुबा आमाको स्मृतिमा गल्कोटका एक परिवारले तिरुपती बालाजीधामको मन्दिर परिसरमा सभाहल निर्माण गरेका छन् ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–३ निवासी समाजसेवी सहदेव राजभण्डारी, आनन्दप्रकाश राजभण्डारी तथा डा शेखर राजभण्डारीले स्वर्गीय बुबा आमाको स्मृतिमा बागलुङ नगरपालिका–४ कुडुँलेमा रहेको तिरुपती बालाजीधाममा ताम्रपत्रले छाएको सभाहल निर्माण गरिदिएको बालाजीधामले जनाएको छ ।

कुडुँलेमा रहेको तिरुपती बालाजीधाममा आउने भक्तजनको सेवासुविधालाई मध्यनजर गर्दै स्वर्गीय बुबा टीकाबहादुर राजभण्डारी तथा आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा सभाहल निर्माण गरिएको सहयोगदाता सहदेव राजभण्डारीले बताए ।

Lama collectio News Middle

झण्डै एक करोड रुपैयाँको लागतमा निर्माण भएको सभाहल ताम्रपत्रले छाइएको छ । तिरुपती बालाजीधामलाई हालै धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नका लागि कलाकौशलले भरिपूर्ण बालाजीधामकोे मन्दिर, नेपालकै पहिलो भूगर्भभित्र शालिग्राम शिला सङ्ग्रहालय निर्माण भइरहेको बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताए ।

धाममा मुक्तिनाथ वेदविद्याश्रमसमेतको कक्षा सञ्चालन भइरहेको छ । “मन्दिरमा मनकारी सहयोगदाताको रकमबाट विभिन्न संरचना निर्माण भएका छन्”, प्रपन्नचार्यले भने “राजभण्डारी परिवारको पवित्र मनले गरेको सहयोगबाट सभाहल निर्माण भएको हो ।”

मन्दिरमा आउने धार्मिक पर्यटक, भक्तजन र वेदविद्याश्रममा अध्ययनरत बटुकलाई सभाहलले सहज पुर्याउने बताइएको छ । सभाहल पुरातन शैलीमा विभिन्न कलाकौशलको प्रयोग गरेर निर्माण भएको हो । सभाहलको २ सय बढी भक्तजन अटाउन सक्ने क्षमता रहेको छ । राजभण्डारी परिवारले मन्दिर तथा वेदविद्याश्रमलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता समेत गरेका छन् ।  रासस

सांकेतिक तस्बिर: गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery