www.tandavnews.com
Fact ~ In search of truth

घाचोकको ५ बस्तीमा सडक बत्ती जडान

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक कास्कीमा रहेको दलित समन्वय समिति र जनजागरण नमूना टोल बिकास संस्थाको संयुक्त पहलमा वडाका ५ वटा बस्तीमा सडक बत्ती राखिएको छ ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत २५ वटा पोल सहितको सडक बत्ती र जनजागरण नमूना टोल बिकास संस्थाको टोलबासीहरुले पालना गर्नुपर्ने आचार संहिता सहितको होर्डिङ बोर्ड राखिएको हो ।

Batas

कार्यक्रम शुक्रबार साँझ घाचोकको अल्छिढुङ्गा चोकमा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मिजार समाज नेपालका केन्द्रिय अध्यक्ष होम बहादुर नेपाली, विशेष अतिथि माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सुर्य प्रसाद लम्साल, माछापुच्छ्रे गाउँपालिका कार्यपालिका सदस्य लाल बहादुर परियार, माछापुच्छ्रे गाउँपालिका दलित समन्वय समितिका अध्यक्ष राम सुनार, घाचोक प्रहरी चौकीका प्रमुख भट्टराम गुरुङ्ग, न्यु सनराइज युथ क्लवका अध्यक्ष सुशील जिसी, परिवर्तनका लागि युवा संजाल नेपाल युनेक का सचिव भोज बहादुर नेपाली, माछापुच्छ्रे गाउँपालिका वडा नं ३ कि महिला वडा सदस्य फुलमाया नेपाली, माछापुच्छ्रे गाउँपालिका वडा नं १ दलित समन्वय समितिका अध्यक्ष विलभ सुनारले आ आफ्ना मन्तव्य मार्फत यो वडा कै उत्कृष्ट कार्य भएको बताए ।

दलित समन्वय समिति माछापुच्छ्रे गाउँपालिका ३ का अध्यक्ष पदम नेपालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष पदम नेपालले पहिलो चरणको कार्यक्रम भएको र छिट्टै नै यो कार्यक्रमलाई गाउँपालिका स्तरीय बनाउनको लागि आवस्यक सहयोग संकलन गर्नुपर्ने बताए ।

कार्यक्रम संचालन माछापुच्छ्रे गाउँपालिका वडा नं ३ का वडा सदस्य, माछापुच्छ्रे गाउँपालिका न्यायिक समितिका सदस्य रेशम कुमार नेपालीले गरेका थिए ।

कार्यक्रममा उपस्थित विभिन्न अथितिहरुले कामलाई थप सशस्त गराउन १०,००० रुपैयाँ सहयोग गरे।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.