www.tandavnews.com
Fact ~ In search of truth

हिंस्रक हात्ती नियन्त्रणको प्रयास असफल

चितवन ।

माडी क्षेत्रमा हिंस्रक बनेको जङ्गली हात्ती नियन्त्रणका लागि गएराति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९ कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लिनका लागि डार्ट गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका पशु स्वास्थ्य प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार राति ११ः ३५ बजे स्थानीय एक घरमा मकै खाँदै गर्दा हात्तीलाई डार्ट गरिएकामा त्यसको असर नपरेको हो । उनका अनुसार हात्ती विस्तारै हिँड्ने गरी ‘जाइलाजीर’ नामक औषधि राखेर डार्ट राखिएको थियो । तर त्यसले काम नगरेको र हात्ती भागेर निकुञ्ज पसेको उनले बताए ।

Batas

सो क्षेत्रमा खोलानाला र अफ्ठ्यारो ठाउँ भएकाले ढल्ने गरी नभएर विस्तारै हिँड्नसक्ने बनाउने गरी डार्टको तयारी गरिएको थियो । सोका लागि प्राविधिकसहित ३५ जनाको टोली शुक्रबार साँझ माडी क्षेत्रमा परिचालन भएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हात्तीलाई विस्तारै हिँड्ने बनाएर सम्म ठाउँमा पुनः बेहोसका लागि डार्ट गर्ने र बेहोश भएपछि दाह्रा काटेर, रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ ।

रेडियोकलर जडानसँगै हात्तीको अनुगमन गर्ने र त्यति गर्दा पनि हिंस्रक भइरहेमा मार्ने योजना रहेको छ ।

सो हात्तीले बुधबार स्थानीय दुई महिलालाई आक्रमण गरी मारेको थियो । यसअघि हात्तीले गएको दशैँतिर पनि एक बालकलाई आक्रमण गरी ज्यान लिएको थियो ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.