www.tandavnews.com
Fact ~ In search of truth

लायन्सको संयुक्त रक्तदानमा ५५ युनिट रगत संकलन

पोखरा
ताण्डव न्यूज ।

लायन्स क्लब पोखराका विभिन्न शाखाहरुको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ पाेखरा पिस प्याराडाईजको मुख्य संयोजनमा डिस्ट्रक्ट ३२५ बी १ नेपाल अन्तर्गतका जोन ३३ र रिजन १६का ४ क्लबहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Batas

‘रक्तदान जिवन दान, जिवन दान महादान’ भन्ने नारासहित लायन्स क्लब अफ पोखरा तालबाराही, सांग्रीला र ग्रिन हिलले शान्तिनगर बैंक्यूटमा कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रमबाट ५५ युनिट रगत संकलन गरिएको छ ।

प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर कास्की नं २४का एसपी मुरारी बस्नेतले ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ भएको थियो ।

कार्यक्रममा सिनियर एओजी विश्वेश्वर आचार्य, जीएलटी को ओर्डिनेटर राजु श्रेष्ठ, रिजन चेयर पर्सन तेज बहादुर भट्टराई, जोन चेयर पर्सन दीपेन्द्र राई लगायत अन्य क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पिस प्याराडाईजका अध्यक्ष अतित राज रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष गौतमले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.