www.tandavnews.com
Fact ~ In search of truth

बसको रेडिवाटर पड्किँदा ६ घाइते

गौशाला ।

शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हिजो शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा चालक सहित आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

Batas

घाइतेंं मध्ये जलेश्वर नगपालिका–१ की ५० वर्षीया सतिया देवी, वडा नं ८ की ५५ वर्षीया लीला देवी र बलवा नगरपालिका–४ की ५५ वर्षीया परेखनी देवीको अवस्था गम्भीर रहेको छ ।

साथै बसका चालक विजय मण्डल र अन्य दुई जना पनि घाइते छन् । घाइतेहरुको उपचार धनमति देवी मेमोरियल प्राथमिक उपचार केन्द्र सम्सीमा भइरहेको छ ।

जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको शिवचर्चा श्रद्धालु बोकेको बसको रेडिवाटर अचानक पड्किँदा रेडिवाटरको तातोपानी बसभित्र बसेका श्रद्धालुहरुको जीउ, हातखुट्टा, अनुहारलगायतका भागमा परेपछि जलेर उनीहरु घाइते भएका थिए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.