www.tandavnews.com
Fact ~ In search of truth

बालगृह सञ्जालको आयोजनामा किशोरीहरुलाई महिनावारी शिक्षा

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा रहेका बालगृहहरुको छाता संस्था बालगृह सञ्जाल कास्कीले किशोरीहरुलाई महिनावारीबारे शिक्षा प्रदान गरेको छ । महिनावारी कसरी हुन्छ ? भएको बेला के गर्ने ? के नगर्ने ? बारे किशोरीहरुलाई जानकारी गराइएको थियो ।

शुक्रबार र शनिबार विभिन्न क्षेत्रका किशोरीहरु कार्यक्रममा सहभागी थिए । शुक्रबार कास्कीका विभिन्न बालगृह र शनिबार तालबाराही उमाविमा अध्ययनरत किशोरीहरुलाई महिनावारीका बेला अपनाउनुपर्ने सावधानी, हेरचाहबारे जानकारी गराइएको थियो ।

Batas

डेज फर गल्र्स नेपालका सुनिता श्रेष्ठ र रजनी गुरुङले किशोरीहरुलाई उमेरसँगै आउने परिवर्तन, स्वास्थ्य लगायतका विषयमा जानकारी दिएका थिए ।

२ दिन सञ्चालीत कार्यक्रममा ७०० किशोरीहरुले सहभागिता जनाएका थिए । सहभागी सबै किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड वितरण गरिएको थियो ।

शनिबार पाेखरा ६का वडाध्यक्ष जगत पहारीले कार्यक्रमको समापन गरे । राज्यले जिम्मा लिएर गर्नु पर्ने कार्य बालगृह सञ्जालले गरेको बताउँदै अध्यक्ष पहारीले आगामी दिनहरुमा पनि स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु आयोजना गर्न सुझाए ।

बालगृह सञ्जाल कास्कीका अध्यक्ष मोहनप्रसाल त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृतप्रसाद तिवारीले स्वागत गरेका थिए भने सञ्चालन महासचिव दीपक गुरुङले गरेका थिए ।

कार्यक्रमको सहयोगी संस्था डेज फर गल्र्स नेपाल र चाइल्ड वेलफेयर एण्ड एजुकेसन रहेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.