www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारको आरोप लागेका वडाध्यक्ष रेग्मी फरार

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

युवती बलात्कारको आरोप लागेका शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मी अझै फरार छन् । दुई साता अघि उनी विरुद्ध बलात्कार गरेको उजुरी परेपनि अझैसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन् ।

बलात्कारको आरोप लागेको अध्यक्ष रेग्मी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा एसपी सिद्धिबादुर शाहले ताण्डव न्यूजसँग बताए ।

Batas

‘अदालतबाटै पक्राउ पुर्जि आएको छ, हामीले उनको खोजी गरि रहेका छौ,’ उनले भने, ‘उनको मोबाइल अफ छ, खोजी कार्य र अनुसन्धान जारी छ ।’

पद तथा राजनीतिक शक्तिकै आडमा घटना दवाउन खोेजेपनि अन्तत मुद्दा दर्ता भएपछि अध्यक्ष रेग्मी भागेका हुन् । अध्यक्ष रेग्मी विरुद्ध उनकै वडाकी २५ वर्षीया युवतीले मंसिर ३ गते नगरपालिकामा उजुरी दिएकी थिइन् ।

नगरपालिकाले यस्तो घटना आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै उजुरी मंसिर ५ गते इलाका प्रहरी कार्यालय बेल चौतारा पठाएको थियो । त्यहाँ पनि खासै सुनुवाई नभएपछि घटना बाहिर सार्वजनिक भयो ।

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यो पनि पढ्नुहोस्

वडाध्यक्ष रेग्मी विरुद्ध बलात्कारको उजुरी, घटना लुकाउँदै प्रहरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.