काठमाडौँ ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कीएकी छिन। नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे ।
सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौँ आएकि थिइन् । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ । रासस
तस्बिर : गुगलबाट
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।