www.tandavnews.com
Fact ~ In search of truth

प्रियंकाको विवाहमा १२ शार्पशुटर , १ सय सुरक्षागार्ड तैनाथ

एजेन्सी ।

भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका प्रेमी निक जोनसन विवाह बन्धनमा बाँधिएका छन् ।

जोधपुरको उम्मेद भवनमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसले क्रिस्चियन रितिरिवाजअनुसार विवाह गरेका छन् । आज यी दुईले हिन्दू रिवाजअनुसार विवाह गर्दैछन् । विशेष सुरक्षाको साथ यी जोडीले आज हिन्दु परम्परा अनुसार विवाह गर्न लागेका छन् । विवाहको फोटो जो कोहीलाई खिच्न मनाई गरिएको भारतीय मिडियाहरुले खुलासा गरेका छन् ।

Batas

यो हाइप्रोफइल विवाहका फोटोहरु एक म्यागजिनलाई २.५ मिलियन डलरमा बेचिएको छ । म्यागजिनको नाम अझै खुलासा भएको छैन । यो विवाहको फोटो वा जानकारी बाहिरिन नपाओस् भन्नका लागि म्यागजिनले उम्मेद भवनमा कडा सुरक्षा तैनाथ गरेको भारतीय मिडियाले बताएका छन् ।

समाचार अनुसार कसैले ड्रोनबाट फोटो नखिचुन् भनेर सुरक्षाका लागी इजरायलबाट २ जना शार्पशुटर बोलाइएको छ । यी शार्पशुटर खतरनाक स्नाइपर राइफसहित उम्मेद भवनमा तैनाथ हुनेछन् । उनीहरुले ड्रोन उडेको देख्नासाथ गोली हानेर खसालिदिनेछन् ।

यहाँसम्म कि विवाहमा बोलाइएका पाहुनाहरुलाई समेत ५ सय रुपैयाँको स्टाम्प पेपरर्मा विवाहको फोटो र जानकारी कसैसँग शेयर नगर्ने’ शर्तसहितको सम्झौता पत्रमा हस्ताक्षर गराइएको छ । भारतीय कानुनअनुसार ५ सय रुपैयाँ छापिएको स्टाम्प पेपरमा भएको सम्झौताका शर्त उल्लंघन गर्नेलाई जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

अर्थात यो विवाहको कुनै जानकारी वा फोटो समयभन्दा पहिल्यै सार्वजनिक गरेमा निम्त्याइएका पाहुना पनि जेल जानुपर्ने हुनसक्नेछ ।उम्मेद भवनभित्र पनि निकै कडा सुरक्षा भएको भारतीय मिडियाले लेखेका छन् । निकको तर्फबाट अमेरिकाको एक सेक्युरिटी कम्पनीले १ सय सुरक्षागार्ड तैनाथ गरेको छ । यसका अलावा हरियाणाको अर्को सेक्युरिटी कम्पनीलाई पनि सुरक्षाको जिम्मेवारी दिइएको छ ।

बिहेमा निम्त्याइएका सबै पाहुनालाई खास आइडी कार्ड दिइएको छ । कार्डमा विशेष किसिमको बारकोड प्रिन्ट गरिएको छ जुन कोड स्क्यान गरेपछि मात्र भित्र जान दिइन्छ । सबै पाहुनाको फोन र क्यामेरा गेटमै सुरक्षाकर्मीले लिन्छन् । कसैले पनि फोन लिएर भित्र जान पाउँदैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.