ताण्डव न्यूज पाेखरा ः नेपाल पर्वतारोहण संघको आयोजनामा पोखराम पहिलो पटक महिला र पुरुष सहभागि हुने ४५ किलोमिटर दुरीको म्याराथुन प्रतियोगिता हुने भएको छ । ग्रेट हिमालयन महोत्सवमा धावक बैकुण्ठ मानन्धरको नाममा ४५ किलोमिटर दुरीको म्याराथुन आयोजना गर्न गरिएको हो । महिला र पुरुष दुबै धावकहरुको सहभागिता हुनेगरी पहिलो पटक ४५ किलोमिटरको म्याराथुन आयोजना संघका महासचिब कुलबहादुर गुरुङले जानकारी दिए ।
सन २०१४ मा संयुक्त राष्ट्रसंघ अन्तरगतको पर्यटन हेर्ने संगठन यूएनडब्लुटिओले प्रत्येक वर्षको डिसेम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवश मनाउने घोषणा गरेयता नेपाल पर्वतारोहण संघले यस दिवश मनाउँदै आएको छ । यस वर्ष डिसेम्बर ११, १२ र १३ मा विभिन्न कार्यक्रम गरी दिवश मनाउन लागिएको आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
‘नेपालको पर्यटन विकासमा टेवा पु¥याउने हाम्रो उदेश्य हो,’ गुरुङले भने, ‘महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरु, पर्यटन सम्बन्धी चासो राख्ने जोकोहीले पनि सहभागिता जनाउन सक्नेछ ।’
४५ किलोमिटर दुरीको म्याराथुनमा पहिलो हुनेले एकलाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैँया हात पार्नेछन् ।
त्यस्तै एनएमए हिमालयन साइक्लीङ प्रतियोगितामा पहिलो हुनेले एक लाख १० हजार पाउनेछन् । एनएमए टोनी हेगन पेन्टीङ प्रतियोगितामा उत्कृष्ट हुनेले ५५ हजार रुपैयाँ पाउनेछन् । महोत्सवमा गुरुङ, मगर, राइ, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जातजातीको खाना समेत प्रतिस्पर्धात्मक प्रदर्शनीमा राखिनेछ । तारो हान्ने, छेलो हान्ने खेललाई पनि महोत्सवमा प्रस्तुत गरिने उनको भनाई छ ।
नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको उक्त महोत्सबमा विश्वका प्रशिद्ध हिमालय आरोहण गर्ने आरोहरुलाई सम्मान गरिनेछ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।