www.tandavnews.com
Fact ~ In search of truth

न्यायका लागी सडकमै सुतेपछि …

 

पोखरा ।

बलात्कारीलाई तुरुन्तै पक्राउ गरि कानुनको कठघरामा उभ्याउन माग गर्दै देशभरका युुवा आन्दोलित बनेका छन् । बलात्कार पछि हत्या भएको ४ महिना वितिसक्दा पनि निर्मलाका हत्यारा पक्राउ नपरेपछि पछि न्यायका लागी देशका युवा,महिला,नागरिक समाजले दिनदिनै नतमस्तक सरकारले घचघच्याइरहेको छ ।

Batas

बलात्कारी हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्दै हिजो राजधानीसहित देशभर प्रर्दशन भयो र्। पछिल्लो समय सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोष्टरसहित युवाहरु स्वतस्फूर्त सडकमा उत्रिदै आएका छन् । सरकार र निर्मलाको न्यायका लागी लडिरहेका बीच भिडन्त चलिरहेको छ । युवाहरु पोष्टर टाँस्दै हिडिरहेका छन भने सरकार पोष्टर च्यात्दैँ ।

केही दिन अघि पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुल सम्म ‘सरकार भेटियो न्याय भेटिएन’लेखिएका पोस्टरहरु धेरै टाँसिए तर, प्रहरीले च्यातिदियो । काठमाडौंमा शुक्रबार प्रहरीले निर्मलाको तस्वीर भएको पम्लेट मात्रै च्यातेन, टाँस्नेलाई गिरफ्तार नै गर्‍यो ।त्यसपश्चात युवाहरु थप आक्रोशित भएका छन् । काठमाडौ लगायतका शहरहरुमा टाँसिएका पोष्टर सरकारले च्यात्न थालेपछि युवाहरुले पोष्टर टाँस्ने अभियानलाई थप सशक्त बनाएका छन् ।

उनीहरुले ज्याकेट, झोला र सवारी साधनमा पोष्टर र स्टीकर टाँसेर बिरोध जनाउने भएका छन् । बलात्कार काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै काठमाठौ, पोखरा लगाएतका शहरमा टाँसिएका पोस्टर प्रहरीले हटाएको छ । सरकारले नै बालिकाको हत्यारालाई जोगाउन लागेको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।

यसैबीच दोषीलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाउन माग गर्दै बाग्लुङका महिलाले हिजो सडकमै सुतेर प्रदर्शन गरेका छन् ।नेपाल महिला संघको अगुवाईमा सदरमुकाम स्थित बाघचोकमा भेला भएका झण्डै दुई सय महिला सडकमै सुतेका हुन् ।

संघकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘एउटी अबोध बालिकाले न्याय नपाएपछि दवावस्वरुप सडकमै सुतेका हौं’, दैनिक भइरहेका बलात्कारका दोषीलाई राज्य संयन्त्रले संस्थागत रुपमै उम्काउने प्रयास गरिरहेको छ ।’

चिसो भूइँमा झण्डै एकघण्टा सुतेका महिलाले निर्मला पन्तको फोटोसहितको व्यानर छातिमा टाासेका थिए । सबै महिलाले टाउकोमा कालोपट्टी समेत बाधेर विरोध गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.