www.tandavnews.com
Fact ~ In search of truth

‘विदेश जानुअघि अनुभवी प्रशिक्षकसँग तालिम लिऔं’

पोखरा
ताण्डव न्यूज । 

१) हब कन्सल्टेन्सीले कस्तो किसिमको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ?

विशेष गरेर यस हब कन्सल्टेन्सीले विश्वका विभिन्न देशहरु जस्तै अष्टे«लिया, क्यानाडा, युसए, न्युजिल्याण्ड, आर्यल्याण्ड, इन्डियामा पढ्ने जाने विद्यार्थीहरुको लागि निःशूल्क शैक्षिक परामर्श दिँदै आइएलटिएस र जिआरइ का कक्षाहरु उत्कृष्ट शिक्षकहरुबाट पढाइरहेका छौं ।

Batas

२) यति धेरै शैक्षिक संस्थाहरुको भिडमा तपाइको संस्था नै विद्यार्थीहरुले किन रोज्ने ?

हाम्रो हबमा विद्यार्थीहरु अनुभवी काउन्सिलरहरुद्वारा परामर्श दिँदै आएका विभिन्न देशहरुमा पठाइसकेको अनुभव छ । एउटा सक्सेसको हिसाबले पनि हबले जुन उचाई चुमेको छ त्यसको शाखा रहेको त्यस हब एजुकेसन विद्यार्थीहरुको रोजाइ बन्न सक्दछ ।

३) विद्यार्थीका लागि कस्ता–कस्ता शैक्षिक कार्यक्रमको अफर गर्नु भएको छ ?

विद्यार्थीहरुका लागि शैक्षिक कार्यक्रमहरुमा पनि विभिन्न प्रोग्रामहरुको अफर गरिरहेका छौ । बेलाबेलामा सेमिनार, कन्फ्रेन्सको आयोजना गरेका छौ । बिस्तारै काठमाडांै पनि एजुकेसन फियरको हुन लागेको छ, त्यसलाई पोखरामा पनि ल्याउने योजना गरेको छौ ।

४) संस्थाले कुन–कुन देशका विश्वविद्यालयसँग समन्वय गरेर काम गदै आएको छ ?

विशेष गरेर हब इन्टरनेसनले अष्ट्रेलिया, न्युजिल्याण्ड, युसए, क्यानाडा, इन्डिया, आर्यल्याण्डका ख्याति प्राप्त विश्वविद्यालय तथा युनिर्भसिटिहरुमा समन्वय गदै आएका छौ । अब विस्तारै युकेका विभिन्न विश्वविद्यालयहरुमा पनि समन्वय गरेर कार्यक्रम ल्याउने तयारी गरेका छौं ।

५) सेवा लिएर विदेश गइसकेका विद्यार्थीहरुको प्रतिक्रया कस्तो पाउनु भएको छ ?

हाम्रो कन्सल्टेन्सीबाट सेवा लिएर विदेश पढ्न गएका विद्यार्थीहरुलाई हामीले पहिले नै त्यहाँको बारेमा बताइसकेका हुन्छौ । हाम्रो उद्देश्य विद्यार्थीहरुको उज्वल भविष्यसँग जोडिएको छ । त्यसैले पनि हामिसँगको सहकार्यमा जानुभएको विद्यार्थीहरु कुनै न कुनै माध्यमबाट हामिसँग जोडिनुहुन्छ र उहाँहरु सन्तुष्ट रहेको हामीले पाउन सकेका छौ ।

६) नेपालमा बर्षेनी सयौ विद्यार्थी विभिन्न देशहरुमा युनिभर्सिटि र कलेजमा अध्ययनका लागि जाने गर्दछन्, यसरी अध्ययनका लागि विदेशिनु पर्ने बाध्यता छ र ?

समय विज्ञान प्रविधिको छ, यसैअनुसार विद्यार्थीहरुको रोजाइ अनुसारको विषयहरु पनि नेपालमा उपलब्ध छैनन् । डिग्री सकिएपछि इच्छा अनुसारको काम र पारिश्रमिक नपाउने हुनाने सबैको रोजाई विभिन्न देशहरुका युनिभर्सिटी र कलेजहरु पर्दछन् । समय सान्र्दभिक शिक्षामा नेपालले फड्को नगरेकोले विद्यार्थीहरु विदेशिन बाध्य छन् ।

७) अन्तमाः विदेश जान चाहने विद्यार्थीहरुलाइ के सुझाव दिन चाहनुहुन्छ ?

आफ्नो भविष्य उज्वल होस भन्ने हरेक विद्यार्थी तथा अभिभावकहरुको इच्छा हुन्छ । जन्मभुमिबाट टाढा बसेर काम गर्न सोचेको जस्तो सजिलो हुदैन । त्यसैले पनि कुनै पनि देशमा पढ्न जानका लागि सहि परामर्श साथै अनुभवी प्रशिक्षकबाट सल्लाह लिई निर्णय लिन सुझाव दिन चाहन्छु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.