www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा मंसिर २० गते हाफ म्याराथन

संजय रेग्मी
पर्वत ताण्डव न्यूज ।

पर्यटकीय गन्तब्यमा सुचीकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

पर्वतको मोदी गाउँपालिका ७ राम्जाठाँटी स्थित पशुपति उच्च मा.बि ले स्वर्ण महोत्सबको अवसर पारेर बिद्यालयबाट पञ्चासे ताल सम्म राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो ।

म्याराथनमा पशुपति मा.बि देखि दौडिन शुरु गर्ने धावकले पञ्चासे ताल पुगेर झण्डै २१ किलोमिटर पार गरि पशुपति मा.बि मै फर्किनुपर्नेछ । पशुपति मा.बि को उचाई १ हजार ५ सय २० मिटरबाट शुरु भई २ हजार २ सय ८६ मिटर सम्म पुगेर सोहीबाट फर्कने कार्यक्रम रहेको स्वर्ण महोत्सब मुल समारोह समितिका अध्यक्ष डण्डपाणी तिमिल्सीनाले बताए ।

प्रतियोगिताको बिद्यालयका भूतपूर्व बिद्यार्थी तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटनमा नेपालका लागि पाकिस्तानका राजदुत डा. माज्हर जाभेदको पनि समेत सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, द्धितियलाई ५० हजार र तृतियलाई २५ हजार पुरस्कार दिईने महोत्सब मुल समारोह समितिका सचिब रमेश के.सी ले बताए । प्रतियोगितामा सहभागी हुनेले मंसिर १८ गते सम्म नाम दर्ता गर्न सक्ने छन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.