www.tandavnews.com
Fact ~ In search of truth

जिम्मेवार बन्न आपुर्तिमन्त्री यादवको निर्देशन

 

काठमाडौँ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उनले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिएका हुन् ।

Lama collectio News Middle

“यो सरकारी संस्थान हो, अहिले बजार अत्यन्तै अव्यवस्थित भएको छ त्यसलाई व्यवस्थापन गरी नागरिकको सेवा गर्ने काम यो संस्थानको पनि भएकाले चाडबाडको समयमा मात्रै नभई सधै नियमित अनुगमन गर्नुस्”, मन्त्री यादवले भने । यस संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एक बनाएर नयाँ ढङ्गले अघि बढाउने प्रक्रिया अघि बढिसकेको भन्दै उनले अहिले अनुदानको चामल दुर्गम जिल्लामा पुर्याउने र कारागारमा चामल बेच्नेबाहेक अन्य काम यसले नगरेको बताए ।

महाप्रबन्धक योगेन्द्र गौचनले संस्थानले व्यापार विविधिकरण गरी व्यासायिक हुन नसके निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन हुने बताए । निर्णय ढिला कार्यान्वयन हुँदा र कर्मचारीले काम गर्ने शैलीलाई समयानुकूल नबनाई परम्परागत रुपमै गर्नुपर्दा नेपालका संस्थानले आशाअनुरुप काम गर्न नसकेको पनि उनले चर्चा गरे । सञ्चालक समिति सदस्य रत्नराज पाण्डेले सबैको सहकार्यले नै संस्थानको उन्नति र प्रगति हुने हुनेमा तर कर्मचारीमा सहकार्यको भावना भने पटक्कै नभएको बताए।

कर्मचारी सङ्गठनका अध्यक्ष माधवप्रसाद यादवले दरबन्दीअनुरुप कर्मचारी नभएकाले पनि काम गर्न समस्या भएको बताए। रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery