www.tandavnews.com
Fact ~ In search of truth

घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

ताण्डव न्यूज, पाेखरा ः    नेपाल अायल निगमले पेट्राेलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमकाे साेमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्यमा २/२ रुपैयाँ घटाउने निर्णय गरेको हाे।

नयाँ मूल्यअनुसार अब पेट्रोल ११२  र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। हवाई इन्धन तथा खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्य अाज (साेमबार) मध्यरातबाट लागू हुनेछ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य समायाेजन गरिएकाे हाे। मूल्यमा समायोजन गरेपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा नाफा रहेकाे छ।

 एलपी ग्यासमा भने प्रतिसिलिन्डर २८४ रुपैयाँ ८३ पैसा घाटा रहेकाे निगमले जनाएकाे छ। यो समायोजनपश्चात् पनि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ३२ पैसा तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ७१ पैसाले नेपालतर्फ नै सस्तो कायम हुनेछ। विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुकाे थियाे।

Batas

पछिल्लाे एक महिनामा निगमलाई २ अर्बभन्दा बढी घाटासमेत भएकाे जनाइएकाे छ। चालु आर्थिक वर्ष २०७५/०७६ को हालसम्मकाे तथ्यांकअनुसार करिब ३ अर्ब ८४ करोड रुपैयाँ घाटा भएकाे निगमले जनाएकाे छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.