www.tandavnews.com
Fact ~ In search of truth

विपन्नलाई प्रवासी नेपालीको १७ लाख सहयोग

म्याग्दी ।

विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको एक करोड ५० लाख रुपैँयाको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले १७ लाख एक हजार रुपैँया सहयोग गरेको हो ।

समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार सो रकम हस्तान्तरण गरे । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ का ओमकुमारी पुन ९शान्ति०को स्मृतिमा स्थापित अक्षयकोषमा स्वदेश तथा विदेशबाट हालसम्म रु ६२ लाख सङ्कलन भएको सचिव लोकेश पुनले जानकारी दिए।

कोषमार्फत २०७५ असोजसम्म १०१ जनालाई उपचारका लागि एक करोड ८२ लाख २४ हजार सहयोग गरिएको सचिव पुनले बताए। संस्थालाई व्यक्तिगत रूपमा दुई लाख र संस्थागत रुपमा तीन लाख भन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गरिने व्यवस्था छ ।

पाँच हजार पाँच सय सहयोग गरेर कोषको आजीवन सदस्य बन्न सकिन्छ । कोषले मुट, मिर्गौला, अर्बुद, आँखालगायत रोगबाट थलिएर अर्थाभावका कारण उपचार गराउन नसकेका जिल्लाका बिरामीलाई सहयोग गरिने अध्यक्ष शाक्यले बताए । रासस

सांकेतिक तस्बिर:गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.